वरिष्ठ नाटककार पी अर्जुनकृत नाट्यकृति ‘अचानो’-को लोकार्पण

सिलगढी : वरिष्ठ नाटककार पी. अर्जुनको नाट्यकृति ‘अचानो’ एक समारोहबीच सालबारीमा लोकार्पण गरियो। समारोहलाई मूर्धन्य साहित्यकार नरबहादुर दाहालले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रूपमा उत्तरबङ्गाल विश्व विद्यालयका प्राध्यापक डा. मोहन पी.दाहाल उपस्थित थिए । विशिष्ट अतिथिका रूपमा समाजसेवी मीमलाल सापकोटा, साहित्यकार लोकनाथ उपाध्याय चापागाईं, कवि कमला राई, अभिनेत्री-नाट्यकर्मी मेनुका प्रघान, नाटककार-अभिनेता ध्रुव लोहागण, कथाकार-समाजसेवी राजेन मोक्तान, कवि तथा सङ्गीतकार पीटी यल्मो, कवि-चिन्तक ज्ञानेन्द्र खतिवड़ा आदि अपस्थित थिए। यस कार्यक्रमको आरम्भमा कृतिकार पी. अर्जुनकी नातिनी निवृति शर्माले स्वागत गीत प्रस्तुत गरेपछि कृतिकारको परिचय युग्मककार कालूसिंह रनपहेंलीले राखे। तिनले नाटककार पी. अर्जुनलाई बहुमुखी प्रतिभाका धनी बताउँदै उनको नाट्य लेखन, साहित्य लेखन, कलाकार जीवन, गीत लेखन आदि पक्षहरूको विवरण प्रस्तुत गरे। मुख्य अतिथि प्राध्यापक डा. मोहन पी. दाहालले आफ्नो सम्भाषणमा अचानो के हो र अचानोमा को परेका छन् भन्ने कुराको उठान गरे। त्यसपछि सभाध्यक्ष, मुख्य अतिथि, विशिष्ट अतिथिहरू लगायत कृतिकार पी. अर्जुन र उहाँकी धर्मपत्नी निरू शर्माको बाहुलीबाट नाट्यकृति अचानो लोकार्पण गरियो। कृति लोकार्पणको घोषणा समारोह अध्यक्ष साहित्यकार नरबहादुर दाहालले गरे। यस अवसरमा कृतिकार पी. अर्जुनले आफ्नो मन्तव्य प्रकट गर्दै नाटक जीवनका आफ्ना विविध अनुभवहरू साझा गरे। तिनले उपस्थित नाटक अनि सङ्गीत क्षेत्रका कलाकारहरू क्रमैले गायक सङ्गीतकार मणिकमल छेत्री, हास्य कलाकार विश्वसमणि हिङमाङ, नाट्यकर्मी मरियममीत लेप्चा, नाटककार पूर्ण गुरूङ निरूपम, नाट्य कलाकार लक्ष्मी प्रधान, लेखक-कलाकार जीवन गुरूङ, नाट्य कलाकार अलका हिङमाङ आदिलाई खदा लगाइदिएर स्वागत जनाए। यस अवसरमा नाट्य कर्मी मेनुका प्रधानले आफ्नो नाट्य जीवनका अनुभवहरू साझा गरिन्। उनले पी. अर्जुन महोदयले कलाकारहरूलाई दिएका प्रोत्साहन र प्रेरणाको निम्ति कृतज्ञता प्रकट गरिन्। अन्त्यमा कृतिकारसितै उहाँकी धर्मपत्नी श्रीमती नीरू शर्मालाई उपस्थित लेखक-साहित्यकार-कलाकारहरूले खदा माला पहिर्‍याएर बधाई र शुकामना टक्राए। समारोहमा साहित्य, सङ्गीत, नाटक आदि क्षेत्रका विशिष्ट सर्जकहरूसितै वरिष्ठ समाजसेवी तथा कला-साहित्यानुरागीहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes