वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेद्वारा श्रद्धाञ्जलि सभा

खरसाङ:  वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको एउटा श्रद्धाञ्जलि सभा  संघकै सभापति दीपक प्रधानको अध्यक्षतामा सम्पन्न भयो। नागरिक संगठनको संस्थापक सदस्य स्व. जीवन कुमार थापाको निधनमा शोक श्रद्धाञ्जलि अर्पण गर्नलाई उक्त शोक सभाको आयोजना गरिएको हो। संस्थापक सदस्य जीवनकुमार थापाको गत 10 दिसम्बरमा आकस्मिक निधन भएको थियो। पेशाले तिनी एकजना लाइब्रेरियन, सामजिक कार्यकर्ता, दार्जिलिङ युवा मण्डली, जन कल्याण समिति क्रिकेट बजारका सदस्य अनि सत संघ तीनधारेका कर्मठ सदस्य थिए। तिनी मृदु भाषी व्यक्तित्वका धनी थिए। तिनी हामीमाझ नरहे तापनि तिनको समाजप्रतिको त्याग र योगदानलाई आफूहरूले कहिले भुल्ने छैनौं भन्दै सभामा उपस्थित सदस्यहरूले तिनलाई श्रद्धाञ्जलि अर्पण गरे।


उक्त सभामा तिनको परिवारमा परेको बज्रपातलाई ईश्वरले सहने शक्ति प्रदान गरुन् भन्दै तिनको आत्मा शान्तिको लागि एक मिनटको मौन धारण पनि गरियो। सभामा एउटा समवेदना पत्र पनि पठन गरेर परिवारलाई सुम्पियो। सभामा संघका सचिव मदन प्रधान, पूर्ण मास्के, रञ्जन कुमार रसाईली, बिजय गुरुङ, तिलक छेत्री, गणेश क्षेत्री आदि उपस्थित थिए। सभामा गत 8 दिसम्बरमा देशका जेनरल सीडीएस विपन रावत अनि सुरक्षा कर्मी स्व. सतपाल राईको दु:खद निधनमा एक मिनटको मौन धारण गरेपछि वक्ताहरूले रावत सम्बन्धि रोचक जनकारीहरू प्रस्तुत गरे। देशलाई एउटा ठूलो क्षति भएको कुरालाई सबैले स्वीकार्दै सभामा बीबी गुरुङ, मदन प्रधान, पूर्ण मास्के, रञ्जन कुमार रसाईली आदिले आआफ्नो वक्तव्य राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *