वरिष्ठ साहित्यकार एवम् पत्रकार समीरण प्रियदर्शीको निधनमा चिया कविताद्वारा शोक व्यक्त

गान्तोक : वरिष्ठ साहित्यकार एवम् पत्रकार समीरण छेत्री प्रियदर्शीअब भौतिक रूपमा यस संसारमा रहेनन्। उनको निधनमा चिया कविता समूह,सिक्किमले हार्दिक शोक व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ। चिया कविताका संयोजक प्रवीण खालिङले प्रेस बयान जारी गर्दै सर्जक प्रियदर्शीको निधनले नेपाली आख्यान र पत्रकारिताका एकजना धरोहर व्यक्तित्व समाजबाट ओझेल भएको बताएका छन्। तथापि उनीबाट सिर्जित कथा, उपन्यास, निबन्ध र नाटकहरू नेपाली साहित्यको अमूल्य निधिमा उनी बाँचिरहने तथा उनले डोहोराएका पत्रकारिताको गोरेटो हिँडेका युवा पुस्ताका पत्रकारितामा उनको निर्भीक पत्रकारिताको अवशेष अनन्तकाल सम्म रहिरहने विश्वास व्यक्त गरेका छन्। उनको काम र योगदानलाई अलिक ढिलै भएपनि समाज तथा सरकारबाट मूल्याङ्कन भएको उल्लेख गर्दै अब उनको कृतिलाई अझ सोध र अध्ययनको विषय बनाउनु पर्ने तथा अप्रकाशित रचनाहरू प्रकाशित गरेर पाठक र समाजको उज्यालोतिर ल्याउन जिम्मेवारी लिएर कार्य पुरा गर्नु उनको निम्ति साँचो श्रद्धाञ्जली हुने संयोजक खालिङले प्रेस बयानमा जनाएका छन्। तिनले आफूपछि एक छोरा, एक छोरी, बुहारी र नाती-नातीनी छोडेर गएका छन्। पारिवारिक सुत्रले जनाए अनुसार भोलि मिलनमोड नजिकै दाह संस्कार स्थलमा उनको अन्तिम संस्कार गरिनेछ।

सन् 1935 सालमा दार्जीलिङको पात्लेबाँस रानीवनमा जन्मिएका समीरण छेत्रीले आज बिहान लगभग 6 बजी 86 वर्षको उमेरमा सिलगढीको कोलाबारीस्थित निजी निवासमा अन्तिम स्वास लिए। उनी केही समयदेखि बिरामी अवस्थामा थिए। नेपाली साहित्य भण्डारमा एक दर्जनभन्दा बढी साहित्यिक कृतिहरू दिएका साहित्यकार छेत्रीको कथा संग्रह गैरीगाउँकी चमेलीलाई 2009-मा साहित्य एकाडेमी पुरस्कार प्राप्त भएको थियो। उनका साहित्यिक कृतिहरूमा फुटेको मुरली (कथा संग्रह), अर्को मान्छे (कथा संग्रह) असफल चित्रकार (कथा संग्रह), गैरीगाउँकी चमेली (कथा संग्रह), नीलो झिंगा (कथा संग्रह), निर्वाणको रात (कथा संग्रह), बलिवेदी (उपन्यास), पोखिएको जिन्दगी (उपन्यास), यमाराजको दरवार(पूर्णाङ्की नाटक) अनि सिक्किमको प्रजातान्त्रिक आन्दोलनको इतिहास प्रमुख हुन्। उनले पत्रकारिताको क्षेत्रमा सन् 1983-मा निवेदन नामक न्यूजलेटरबाट यात्रा आरम्भ गरेर नेपाली समाचार-पत्रहरू हिमाली आभा दैनिक, हिमालचुली, दार्जीलिङ टाइम्स, हिमाली बेला र झिल्काको सम्पादन गरेका थिए। तिनले सन्  1987-मा रेडियो नाटक राष्ट्रिय पुरस्कार, 1998-मा आशारानी चामलिङ निर्माण पुरस्कार, 2006-मा प्रथम पादरी गंगाप्रसाद प्रधान पत्रकारिता पुरस्कार, 2007-मा पूर्ण राई स्मृति पुरस्कार, 2009-मा साहित्य एकाडेमी पुरस्कार, 2015-मा कञ्चनजंघा कलम पुरस्कार, 2019-मा काशीराज प्रधान लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes