वरिष्ठ साहित्यकार नरबहादुर दाहाललाई चन्द्रिका पुरस्कार 2020 प्रदान

खरसाङ: गोर्खा जन पुस्तकालय खरसाङद्वारा प्रदान गरिने साहित्यिक पुरस्कार चन्द्रिका पुरस्कार 2020वरिष्ठ साहित्यकार नरबहादुर दाहाललाई एउटा कार्यक्रमबीच प्रदान गरियो। वरिष्ठ साहित्यकार नरबहादुर दाहाललाई कार्यक्रमको सभाध्यक्ष पुस्ताकालयको सभापति पूर्ण गुरुङ निरूपम, प्रमुख अतिथि प्राध्यापिका सुजतारानी राई, विशिष्ट अतिथिहरू डा. कृष्णराज घतानी, डा. समीर बल आदिको बाहुलीबाट खदार्पणसहित फुलगुच्छा, पुरस्कार राशि नगद रुपियाँ 25 हजार 1 सय 11 रुपियाँ, स्मृति चिन्ह, प्रशस्तिपत्र अनि टोपी र अङ्गवस्त्रले सुशोभित गरियो। तिनको प्रशस्ति पत्र पी लक्की शेर्पाद्वारा पठन गरियो भने परिचय पुस्ताकालयको उपाध्यक्ष ऋषि राईले राखेका थिए। पुरस्कार ग्रहण गरेपछि वरिष्ठ साहित्यकार नरबहादुर दाहालले यो गरिमामय पुरस्कारको लागि गोर्खा जनपुस्तकालयप्रति आभार प्रकट गरे।


तिनले आफू र चन्द्रिका पत्रिकाको शुरुवातकर्ता पारसमणि प्रधान कालेबुङमा नै जन्मेकाले गौरव अनुभव गरेको बताउँदै आफूले 20 वर्षको अवधि पारसमणि प्रधानबाट चन्द्रिका पत्रिका विषयमा जान्न पाएको पनि बताए। साहित्यकार दाहालले गोर्खा जनपुस्तकालय नेपालीहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था रहेकोले यो पुस्तकालय मात्र होइन तर अब शोधालय पनि बनिनुपर्छ अनि सबै शोधार्थीहरूले यहाँबाट पुराना र महत्वपूर्ण विषयहरूमा शोध गर्न सक्छन् भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *