वरिष्ठ साहित्यकार तथा भूतपूर्व प्रधान अध्यापक उदय सुब्बा ‘गोर्खा’-को निधन

सोनादा (निसं) : भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार तथा खरसाङ शान्तिरानी उच्चत्तर माध्यमिक विद्यालयका भूतपूर्व प्रधान अध्यापक उदय सुब्बा ‘गोर्खा’-को आज बिहान 76 वर्षको उमेरमा निधन भयो। मुटुको रोगले पिडित रहेका सोनादा निवासी साहित्यकार उदय सुब्बा ‘गोर्खा’ को सुकना अस्पतालमा आज उपचाराधीन अवस्थामा निधन भएको छ। तिनले आफुपछि पत्नी, एक छोरा, बुहारी, तीन छोरीहरू र नाता-नातिनीहरू छोड़ी गएका छन्। तिनको पार्थिव शरीर सुकनाबाट आज बेलुकीसम्म सोनादास्थित आफ्नो वासस्थानमा ल्याइने भएको छ। वरिष्ठ साहित्यकार उदय सुब्बा ‘गोर्खा’ विभिन्न संघ-संस्थाहरूसित संलग्न रहेका थिए। तिनलो निधनले भारतीय नेपाली साहित्य र समाजमा ठूलो क्षति पुगेको छ। सन् 1972 सालमा ‘अभियान’ पत्रिकाको सम्पादक भएर नेपाली साहित्यमा प्रवेश गर्ने सुब्बाका कृतिहरू नयाँ बिहानको सूर्य (उपन्यास 1985), नयाँ साल अनि यहाँ जैमतिका सपनाहरू (कथा सङ्ग्रह 2009), ‘कथा गाउँ घरका (कथा सङ्ग्रह 2012), मनबहादुर गुरुङ (मोनोग्राफ 2019), बदनाम कविता (कविता सङ्ग्रह 2022) आदि प्रकाशित छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *