बाढको स्थितिसित जुझ्नको लागि सिँचाई एवम् जलमार्ग मन्त्रीले गजलडोबामा अधिकारीहरूसित गरे बैठक

राजगञ्ज (निसं): उत्तर सिक्किममा ड्याम भत्केपछि यसले गर्दा नदीको जलस्तर बढेर व्यापक क्षय-क्षति भएको छ। सिक्किम लगायत यता बङ्गालमा पनि टिस्टा नदीको जलस्तर बढेर बाढको स्थिति उत्पन्न भएको छ। सिँचाई एवम् जलमार्ग मन्त्री पार्थ भौमिकले आज गजलडोबामा एउटा महत्वपूर्ण बैठक गरे। मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा सिँचाई एवम् जलमार्ग मन्त्री पार्थ भौमिक अन्य मन्त्रीहरूको साथमा आज जलपाईगढीको गजलडोबा आइपुगेका छन्। तिनले बाढ प्रभावित क्षेत्रहरूको निरीक्षण गरेपछि गजलडोबाको हवा महलमा सम्बन्धित विभागका अधिकारीहरू तथा प्रशासनका अधिकारीहरूसित एउटा बैठक गरे। बैठकमा मन्त्री पार्थ भौमिकले भने, अत्याधिक वर्षाले गर्दा उत्तरी सिक्किममा ड्याम भत्केपछि सिक्किम लगायत जलपाईगढी जिल्ला तथा कुचबिहार जिल्लाको गजलडोबा, दोमहानी र मेखलीगञ्ज इलाकामा बाढको स्थिति उत्पन्न भएको छ। पानी कम्ती भएपछि मात्र बाढले कति क्षय-क्षति भयो भन्ने विषयमा थाहा लाग्नेछ। यसबाहेक भविष्यमा हुने क्षयक्षतिलाई रोक्नको लागि आफूहरू तयार रहेको तिनले बताए। बाढले के-कति क्षय-क्षति भयो, के-के व्यवस्था गरियो साथै के व्यवस्था गर्न आवश्यक छ भन्ने विषयमा आज बैठकमा छलफल गरियो। उक्त बैठकमा सिँचाई एवम् जलमार्ग तथा उत्तरबन्ग विकास मन्त्री सबीना यास्मीन, पर्यावरण मन्त्री गुलाम रब्बानी, पछौटे वर्ग कल्याण मन्त्री बुलु चिकबराई, जिल्लाशासक समा परवीन, पुलिस अधीक्षक खन्डबहाले गणपत, राजगञ्जका विधायक खगेश्वर राय, गजलडोबा ब्यारेज तथा सिँचाई विभागका इञ्जिनियर एवम् अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes