बाढ प्रभावित इलाकाको मन्त्री अरूप विश्वास तथा मेयर देवले गरे निरीक्षण

कालेबुङ (निसं): सिलगढीका मेयर गौतम देव, राज्य मन्त्री अरूप विश्वासले आज बाढ प्रभावित कालेबुङ जिल्लाको रङ्गपो इलाकाको निरिक्षण गरे। राज्य मन्त्री अरूप विश्वास, उत्तरबंग विकास मन्त्री उदयन गुहा, जीटीए अध्यक्ष अनित थापा, कालेबुङका अतिरिक्त जिल्लाशासक तथा मेयर गौतम देव लगायत अन्य प्रशासनिक अधिकारीहरूले आज टिस्टाको बाढ प्रभावित रङ्गपो इलाकाको निरीक्षण गर्नको साथै इलाकाको राहत शिविरमा आश्रय लिइरहेका पीडितहरूसित पनि भेट गरे। यसको साथै बाढ प्रभावित मानिसहरूलाई राहत सामग्री पनि प्रदान गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *