वर्षको अन्तिम दिन आज गजलडोबाको भोरेर आलोमा पर्यटकहरूको घुइँचो

गजलडोबा : यस वर्षको अन्तिम दिन आज गजलडोबाको भोरेर आलोमा घुम्न आउने मानिसहरूको घुइँचो लागेको देखियो। वर्षको अन्तिम दिन आज टाढा-टाढाबाट मानिसहरू आफ्ना परिवार, आफन्त तथा साथीहरूसित सिडनी हार्बर ब्रिजको ढाँचामा बनाइएको गजलडोबा झोलुङ्गे पुलमा घुम्न आएका छन्। उक्त पुल केही दिन अघि उद्घाटन गरिएको थियो। सिलगढी तथा जलपाईगढीबाट मात्र नभएर उत्तर बंगालको विभिन्न ठाउँहरूबाट पर्यटकहरू गजलडोबाको भोरेर आलोमा घुम्न आएका छन्। वर्षको अन्य समयमा यहाँ स्थानीय पसलहरूले स्वादिष्ट खानेकुरा सहित विभिन्न परिकारहरू बिक्रीमा राखे तापनि यो पिकनिक सिजनमा तिनीहरूले पर्यटकहरूको लागि छुट्टै मेनुको व्यवस्था गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *