वर्षाको पर्वाह नगरी चुनाउ प्रचारमा निस्के भाजपा प्रार्थी मनोज तिग्गा

अलिपुरद्वार: वर्षाको पर्वाह नगरी अलिपुरद्वार लोकसभा क्षेत्रका भाजपा उम्मेद्वार मनोज तिग्गा आज बिहान चियाकमानमा गएर चुनाउ प्रचार गरे। भाजपा प्रार्थी मनोज तिग्गाले हिजो नामाङ्कन पत्र बुझाएका थिए। यसपछि  आज बिहानैदेखि पानी परे तापनि यसको पर्वाह नगरी तिनी चुनाउ प्रचारको लागि चियाकमानमा पुगेका थिए। तिनी आज पार्टी कार्यकर्ताहरूलाई साथमा लिएर वीरपाडा चियाकमानमा गएर चुनाउ प्रचार गरे। यस अवसरमा मनोज तिग्गाले भने, चियाश्रमिकहरूको विविध समस्या रहेको छ। आगामी दिनमा ती सबै समस्याहरूमा हामी कार्य गर्नेछौँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *