वर्षाले महलदिराम जाने सडकमा पैह्रो, यतायात परिसेवा बन्द

मङ्पू: राङ्टङदेखि शिवखोला सिमरिङ हुँदै महलदिराम जाने सडक गत  राति परेको अत्याधिक वर्षाको कारणले आज सिमरिङ बस्तीस्थित अमुरू डाँडामा ठूलो पैह्रो गएको छ भने पैह्रोले गर्दा वाहनहरूको यातायात परिसेवा ठप्प भएको छ। यसले गर्दा सिमरिङ मालुटार पाङ्ग्रे खोला मालिबाँसेका मानिसहरूले धेरै असुविधा झेल्न परिरहेका छन्। यस इलाकाका मानिसहरू सौदा-पात गर्नको लागि साथै बिमारी उपचारको लागि हस्पिटल सिलगढी जानु पर्ने हुनाले पैह्रो गएर यातायात ठप्प भएपछि तिनीहरूलाई धेरै असुविधा भएको स्तानीय मानिसहरूको भनाई रहेको छ। उक्त सडकको मरमति चाँडै गरिदिने स्थानीय मानिसहरूले सम्बन्धित अधिकारीहरू समक्ष निवेदन गरेका छन्। अर्कोति, यस क्षेत्रमा घुम्न आउने पर्यटकहरूलाई पनि उक्त पैह्रोले असुविधा पुऱ्याएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *