वर्षाले पैह्रो गएपछि मानिसहरू समस्यामा

दार्जिलिङ : अविरल रूपमा गत राति परेको मुसलधारे पानीले  दार्जिलिङको सिंगताम चियाबारी मोटा धुरा गाउँ अनि जोररुख गाउँ बीचको मुल बाटोलाई क्षति पुऱ्याएको छ। सिंगताम वासीको यातायातको मुख्य साधन नै उक्त बाटो रहेकोले गर्दा उक्त बाटो पह्रो गएपछि स्थानीयवासीहरु मर्कामा परेका छन। अर्कोतिर, गोपाल धुरा जाने मूल बाटो पनि गत रातिको पानीले नै भत्काएको स्थानीय तृणमुल नेता दिवस राईले बताएका छन्। उक्त बाटोलाई सुचारू गर्नेबारे सम्बन्धित विभागले चाँडै पहल गरिदिने अपील तिनले गरेका छन्। उक्त पैह्रोको कारण खतरामा पुगेको अनिल राईको घरलाई जतिसक्दो प्रोटेक्सन वाल गरिदिने पनि तिनले सम्बन्धित विभागीय अधिकारीलाई अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *