मझुवा : मझुवा ग्राम पञ्चायतको माथिल्लो भूभाग भीरगाउँ थुम्केको नव निर्माण बाटोको आज गोजमुमो उपाध्यक्ष सतिश पोख्रेलले उद्घाटन गरे। वयोवृद्ध गणेशबहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व सभासद एवम् गोजमुमो दुई केन्द्रीय उपाध्यक्ष सतिश पोख्रेल मुख्य रूपमा उपस्थित थिए। यसको साथै विशिष्ट अतिथिहरूमा सुके-मानेभञ्ज्याङ सभापति बुद्ध तामाङ, मझुवा ग्राम सचिव मणि ईजम, बतासी भीरगाउँ बुथ सभापति कमल राई र अन्य समाज सेवकहरू उपस्थित थिए। कार्यक्रमलाई सतिश पोखरेल, सचिव मणि ईजम, सुबास राई, कमल राई, डीबी राई अनि बुद्ध तामाङले सम्बोधन गरे। मुख्य रूपमा गोजमुमो उपाध्यक्ष सतिश पोख्रेलको सहयोग तथा सयदिने रोजगार योजना अन्तर्गत निर्माण गरिएको उक्त बाटोले मानेभञ्ज्याङदेखि मझुवा, बतासी माथिल्लो क्षेत्र हुँदै भीरगाउँ, थुम्के लङ्गुरदाङ रेलिङसम्म जोड्ने गर्दछ भने उक्त बाटोले नेपाल सिक्किम समेतलाई जोड़नेछ। यसरी अधुरो रहेको वर्षौँदेखिको सपना साकार भएकोमा बाटो निर्माणमा खटिरहेका गाउँलेहरूले खुशी प्रकट गर्दै गाउँवासी तथा सुपरवाइजरको तर्फबाट दिनेश राईले आजको दिन ऐतिहासिक दिन रहेको बताउँदै सतीश पोख्रेलप्रति आभार व्यक्त गरे। स्मरण रहोस्, विभिन्न बुनियादी समस्याहरूले पिसिएको मझुवा ग्राम पञ्चायतको माथिल्लो भूभाग भीरगाउँ, बतासी अनि थुम्के क्षेत्रवासीहरू हालसम्म थाप्लोको भरमा जीविका चलाउन बाध्य रहेको थियो।
वर्षौँदेखिको अधुरो सपना साकार, सतीश पोख्रेले गरे नव निर्माण बाटोको उद्घाटन

Share this story
More from Kurseong
Kurseongबाघडुग्रा विमानस्थलमा आइतबार नयाँ टर्मिनलको शिलान्यास गर्नेछन् प्रधानमन्त्रीले, सांसदले कार्यक्रम स्थलको गरे परिभ्रमण
सिलगढी, 19 अक्टोबर (निसं): प्रधानमन्त्री नरेन्द्र मोदीले भोली आइतबार बाघडुग्रा विमानस्थलको नयाँ टर्मिनलको शिलान्यास गर्ने भएका छन्। प्रधानमन्त्री यस शिलान्यास कार्यक्रममा भर्चुअल रूपमा उपस्थित रहनेछन्। नयाँ विमानस्थलको पुनःनिर्माणका लागि लगभग 1540 करोड रुपियाँ खर्च गरिनेछ। नयाँ अन्तर्राष्ट्रिय विमानस्थल 70,400 वर्ग मिटरमा फैलिनेछ। यस विमानस्थलमा आधुनिक सबै सेवाहरू उपलब्ध हुनेछन्। सिलगढीको कावाखाली मैदानमा भोलि आइतबार यस कार्यक्रमको आयोजना गरिनेछ। त्यहाँ प्रधानमन्त्री…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
Kurseongहाम्रो पार्टी त्यागेर 16 घर भागोप्रमो-मा सामेल
दार्जिलिङ: दार्जिलिङ सदर 4 समष्टि अन्तर्गत वार्ड नम्बर 7-मा एउटा सभाबीच हाम्रो पार्टी त्यागेर 16 घर परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। भागोप्रमो सदर 4 समष्टि अध्यक्ष पारस छेत्री, वार्ड नम्बर 7-का पार्षद विष्णु मल्ल, समष्टि नारी शक्ति अध्यक्ष सोनाम शेर्पा, केन्द्रीय समिति सदस्य एसएन प्रधान लगायत अन्य पदाधिकारीहरूले ती 16 घर परिवारलाई दलील झण्डा प्रदान गरेर आफ्नो…
Kurseongखरसाङको 8 नम्बर वार्डमा भागोप्रमो-को वार्ड कमिटी गठन
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको तत्वावधानमा वार्ड नम्बर आठमा सार्वजनिक भवनमा वार्ड कमिटी गठन गर्न हेतु सांगठनिक सभा सम्पन्न भयो। एको छ। उक्त सभाको अध्यक्षता वार्डका वरिष्ठ सदस्य पेमा योञ्जनले गरेका थिए भने वार्डका सांगठनिक संयोजक सुभाष राईले सञ्चालन गरेका थिए। सभामा सर्वप्रथम खरसाङ टाउन कमिटीका कार्यवाहक सचिवले टाउन कमिटीका नेत्तृत्वहरूसंग उपस्थित वार्डवासीहरुसंग परिचय गराए…
