वर्षाको कारण आलुको खेती नष्ट, कृषकवर्ग चिन्तित

जलपाईगढी : वर्षाको कारण जलपाईगढी जिल्लामा आलुको खेती नष्ट भएको छ। स्थानीय कृषकहरूले बताए अनुसार गत केही दिनदेखि भइरहेको वर्षाको कारण सदर ब्लकका विभिन्न इलाकाहरूमा आलुको खेती नष्ट भइरहेको छ। यसबारे समयमा नै कुनै कदम नउठाए खेती अझ नष्ट भएर जाने आशंका रहेकोले कृषकहरू चिन्तित छन्। यस विषयमा जलपाईगढी जिल्लाको कृषि विभागका अधिकारी जयन्तु पालले जलपाइगढी जिल्लाको मालबजारमा लगभग 1 सय ऐकर जमीनमा रहेको आलुको खेती नष्ट भएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *