बसन्त उत्सवको उपलक्ष्यमा नवचेतना वेलफेयर सोसाइटीको तर्फबाट रक्तदान, स्वास्थ्य जाँच शिविरको आयोजना

सिलगढी : बसन्त उत्सव आउन अब केही दिन मात्र बाँकी रहेको छ। बसन्त उत्सवको उपलक्ष्यमा नवचेतना वेलफेयर सोसाइटीको तर्फबाट समरनगरमा रक्तदान शिविर तथा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। यस अवसरमा स-साना नानीहरूलाई लिएर बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना पनि गरियो। यसपछि रक्तदान तथा स्वास्थ्य जाँच शिविर लगायत लायन्स नेत्रालयको तर्फबाट आँखा जाँच पनि गरियो। यसको साथै गरिबका डाक्टर स्वपन रायले रोगीहरूलाई निःशुल्क औषधि वितरण गरे।


शिविरमा सिलगढीका डेपुटी मेयर रञ्जन सरकार, अलोक चक्रवर्ती, 46 नम्बर वार्डका काउन्सिलर दिलीप बर्मन, समाजसेवी खगेन्द्रनाथ राय, जलपाईगढीका सांसद डा. जयन्त राय लगायत अन्य उपस्थित थिए। यस अवसरमा रञ्जन सरकारले सबै धर्मका मानिसहरूले मिलेर सबै उत्सव मनाउने गर्दछ, यहीँ नै हाम्रो बङ्गालको संस्कृति हो भनी बताए। तिनले सबैलाई बसन्त उत्सवमा आफ्नो स्वास्थ्यलाई ध्यान राखेर पर्व मनाउने अपील गर्दै सहरवासीलाई बसन्त उत्सवको शुभकामना पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *