बाँस काट्ने विषयलाई लिएर दुई छिमेकीमाझ विवाद, 1 जनाको मृत्यु

कुचबिहार: बाँस काट्ने विषयलाई लिएर दुई छिमेकीमाझ विवाद हुँदा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य 2 जना घाइते भएका छन्। उक्त घटना तुफानगञ्ज थानाको नाटाबारी गाउँमा घटेको हो। मृतक व्यक्तिको नाम तपन दास बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आज बिहान बाँस काट्ने विषयलाई लिएर तपन दासको परिवार र अखिल दासको परिवारमाझ झगडा भएपछि कुटपीट समेत गरेको बताइएको छ। आरोप अनुसार अखिल दासले तपन दासमाथि धारिलो हतियारले प्रहार गर्दा तिनी गम्भीर रूपमा घाइते भएका थिए। घाइते अवस्थामा तिनलाई तत्कालै उद्धार गरेर अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। अर्कोतिर, घाइते 2 जनाको एमजेएन मेडिकल कलेज एवम् अस्पतालमा उपचार चलिरहेको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर अखिल दास लगायत 4 जनलाई हिरासतमा लिएर घाटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *