वसुधैव कुटुम्बकमको पहलमा सिलगढीको हैदरपाडामा सहिदी दिवस पालन

सिलगढी : सिलगढीको समाजसेवी संगठन वसुधैव कुटुम्बकमको पहलमा आज हैदरपाडामा सहिदी दिवस पालन गरियो। यस अवसरमा वसुधैव कुटुम्बकमको तर्फबाट आवश्यकमन्द मानिसहरूलाई न्यानो लुगाफाटा वितरण गरियो। यसको साथै लगभग 500 जना मानिसहरूलाई भोजन र निःशुल्क स्वास्थ्य जाँच पनि गराइयो।


यस अवसरमा वसुधैव कुटुम्बकमका जितेन्द्र सरिनले बताएअनुसार आजकै दिन सिखहरूको दसौँ धर्मगुरु गुरु गोविन्द सिंहका चारजना छोरालाई जिउँदै देवालमा पुरिदिएको थियो। हाल मानिसहरूको तिनीहरूको बलिदानलाई भुल्दै गइरहेको छ। यसैले मानिसहरूलाई तिनीहरूको बलिदानलाई स्मरण गराउने उद्देश्य लिएर सहिदी दिवस कार्यक्रमको आयोजना गरिएको हो। यस अवसरमा आवश्यकमन्द मानिसहरूको लागि निःशुल्क स्वास्थ्य जाँच शिविर, न्यानो लुगाफाटा वितरण तथा भोजनको पनि व्यवस्था गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *