बसु परिवारको तर्फबाट दिव्याङ्गहरूलाई लगाइयो कोरोनाको खोप

सिलगढी : देशबन्धुपाड़ा निवासी दिवङ्गत रमाप्रसाद बसुको स्मरणमा बसु परिवारको तर्फबाट आज दिव्याङ्गहरूको लागि टीकाकरण शिविरको आयोजना गरियो। उक्त टीकाकरण शिविरको सिलगढी नगरनिगमको  प्रशासक मण्डलीका चेयरम्यान गौतम देवले उद्घाटन गरे।


बसु परिवारले दिएको जानकारीअनुसार एउटा निजी अस्पतालको सहयोगमा उक्त टीकाकरण शिविरको आयोजना गरिएको हो। बाघडुग्रा र विधाननगरका दिव्याङ्गहरूलाई उक्त शिविरमा कोरोनाको पहिलो खोप लगाइयो भने परिवारको तर्फबाट नै दोस्रो खोपको व्यवस्था गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *