बतासी अस्पतालको दखल जमीनलाई मुक्त गरिनु पर्ने मागमा भाजपाद्वारा खोरीबारी बीडीओ-लाई ज्ञापन

खोरीबारी: बतासी ग्रामीण अस्पतालको दखल गरेको जमीनलाई मुक्त गरिनु पर्नेबारे आज भारतीय जनता पार्टी खोरीबारी बुढागञ्ज मण्डल तथा रानीगञ्ज बिन्नाबारी मण्डलले संयुक्त रूपमा खोरीबारीको बीडीओ-लाई भेटेर आज एउटा ज्ञापन पत्र चढाए। यस भन्दा अघि तिनीहरूले अस्पतालको दखल गरेको जमीनलाई मुक्त गरिनु पर्नेबारे कार्यालय अघिल्तिर विरोध प्रदर्शन पनि गरे। यस अवसरमा नेशनल काउन्सिल मेम्बर गणेश देवनाथ, भाजयुमो जिल्ला अध्यक्ष कञ्चन देवनाथ, भाजपा खोरीबारी बुढागञ्ज मण्डल अध्यक्ष कल्याण कुमार प्रसाद, बिन्नाबारी रानीगञ्ज मण्डल अध्यक्ष भोला नाथ सिद्धा, किसान मोर्चा मण्डल अध्यक्ष सञ्जय मण्डल, तरुण सिंह, तापस माझी, सुलाता सरकार, मनीषा सरकार, डा. एम समादार सहित अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *