बतासीको बलायझोडा बड़ा काली मन्दिर आस्थाको केन्द्र

खोरीबारी : अन्तर्राष्ट्रिय सीमा नजिकस्थित खोरीबारी खण्ड अन्तर्गत पर्ने बतासीको बलायझोडास्थित बड़ा काली मन्दिरलाई आस्थाको केन्द्र मानिने गर्दछ। मकर सङ्क्रान्तिको उपलक्ष्यमा विगत धेरै वर्ष अघिदेखि आयोजित गरिँदै आइरहेको काली पुजा अवधि विभिन्न ठाउँहरूबाट आएका धेरै संख्यामा श्रद्धालुहरूले पुजा-अर्चना गर्ने गर्दछन्। उक्त मन्दिरमा पुजा अर्चना गरेर मनोकामना मागे पुरा हुने गरेको श्रद्धालुहरूको विश्वास रहेको छ। बड़ा काली मन्दिर कमिटीका सचिव अमल मण्डलले बताएअनुसार स्थानीय ए कुमार दे-ले 1975 सालमा बतासीस्थित बलायझोरामा बड़ा काली मन्दिर स्थापित गरेका थिए। 1975 देखि नै प्रत्येक वर्ष मकर सङ्क्रान्तिको उपलक्ष्यमा उक्त मन्दिरमा पुजाको आयोजना गरिँदै आइरहेको छ। यस वर्ष पनि आगामी 15 जनवरीको दिन माँ कालीको पुजा अर्चना गरिने साथै 16 देखि 18 जनवरीसम्म यहाँ मेलाको पनि आयोजना गरिने भएको छ। यस अवसरमा नेपाल, बिहारलगायत अन्य ठाउँहरूबाट धेरै संख्यामा श्रद्धालुहरू यहाँ पुजा अर्चना गर्न आउने गर्दछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *