बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेद्वारा 100 भन्दा अधिक परिवारलाई औषधी तथा मास्कहरू वितरण

खरसाङ : स्वामी लाखाङ 3 गुम्बाको धर्म गुरु पेम्बा रिम्पोर्छे अनि तिनको टोलीले आज खरसाङको मकैस्थित फुलबारी गाउँमा लगभग 100 भन्दा अधिक परिवारहरूलाई औषधीहरू लगायत मास्क तथा फेस शिल्डहरू वितरण गऱ्यो। हाल तिनीहरूले कोभिड महामारीलाई ध्यानमा राखेर मानिसहरूलाई सहयोग पुर्याउने काम गरिरहेका छन्। यस अवसरमा गाउँका मानिसहरूले धर्मगुरु पेम्बा रिम्पोर्छे अनि तिनको टोलीका सदस्यहरूलाई धन्यवाद दिएका छन्। बौद्ध धर्म गुरु पेम्बा लामाले हाल कोरोना महामारीको समय खरसाङको विभिन्न क्षेत्रहरूमा गएर जनसाधारणको सेवामा खाद्य सामग्रीहरू साथै सेनिटाइज, मास्कहरू र दबाईहरू वितरण गर्ने कार्य लगातार गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *