बौद्ध समुदायद्वारा मङपुमा सोनाम ल्होसार 2858 पर्व पालन

मङ्पु: बौद्ध समुदायको महान चाँड पर्वको रूपमा पालन गरिने सोनाम ल्होसार आजदेखि शुरु भएको छ। सोनाम ल्होसार अर्थात नयाँ वर्ष 2858 पर्व आजदेखि पुर्णिामाको दिनसम्म बडो हर्षोल्लासको रूपमा रुपमा पालन गरिन्छ। यस अवधि सम्पूर्ण तामाङ समुदायका मानिसहरूले यस पर्वमा एक-अर्कालाई भेट गरेर ठुला-बडाको हातबाट कोको म्हेन्दोको टीका लगाएर आशीर्वाद ग्रहण गर्ने प्रचलन रहि आएको छ।


बैद्धहरूको पुजा गर्ने स्थान (छ्योसुम) मा फलफूल, खाब्जे अनि रुगरुग चडाई भगवानलाई पुजा पाठ गरेर ल्होसार पर्व पालन गरिने गर्द्छ। आफ्नो जातिय तामाङको भेषभुषा लगाएर स्थानीय गुम्बामा पुगेर पुजा अर्चना गर्दै आजदेखि मङपु लाब्दा समष्टिका तामाङ समुदायले पनि सोनाम ल्होसार भव्यताको साथमा पालन गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *