बजारको बेहाल अवस्थाले गर्दा व्यवसायीहरू क्षुब्ध

सिलगढी : नक्सलबारी ब्लकको रानीडाङ्गा इलाकास्थित रानीडाङ्गा बजार बेहाल अवस्थामा रहेकोले गर्दा यसलाई लिएर व्यवसायीहरूले क्षोभ प्रकट गरे। बजारको बेहाल अवस्थाबारे बारम्बार बजार कमिटीलाई लिखित रूपमा अभियोग गरे तापनि कुनै पहल नगरेको व्यवसायीहरूको आरोप रहेको छ। एकजना व्यवसायीले बताएअनुसार उक्त बजारभित्र फोहोर मैला जम्मा भएकोले गर्दा यसबाट आउने दुर्गन्धको कारण ग्राहकहरू बजारमा नआउने हुनाले व्यवसायीहरूले निक्कै नोक्सान भोग्न परिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *