बीडीओ अरिन्दम मण्डलद्वारा नक्सलबारी बजारमा कोरोनाबारे सचेतनता

नक्सलबारी : नक्सलबारीका बीडीओ अरिन्दम मण्डलले आज हातमा मास्क बोकेर यहाँको बजारमा आउने मानिसहरूलाई कोरोनाबारे सचेतन गराए। यस अवसरमा नक्सलबारी थानाका ओसी इफतिकार उल हुसेन लगायत अन्य अधिकारीहरू उपस्थित थिए। प्राप्त जानकारी अनुसार आज नक्सलबारी बजारमा आवत-जावत गर्ने मानिसहरूलाई अनिवार्य रूपमा मास्क प्रयोग गर्ने अपील गर्दै मास्क नलगाई हिँड्ने मानिसहरूलाई पनि वितरण गरियो। यसको साथै जिल्ला पुलिसको तर्फबाट मास्क नलगाएका यात्रीहरूलाई बसमा चढ्न नदिने निर्देश दिनको साथै प्रत्येक बसहरूमा नो मास्क, नो एन्ट्री लेखिएको स्टिकर पनि लगाइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *