बीडीओ-द्वारा अवैध रूपमा बलुवा बोकेको 4 वटा ट्र्याक्टर जफत

राजगञ्ज बलुवा तस्करी गर्न अगावै बलुवा बोकेको 4 वटा डम्पर जफत गरेको छ। राजगञ्जका बीडीओ प्रशान्त बर्मनले आज गजलडोबा फुलबारी क्यानल रोडबाट 4 वटा बलुवा बोकेको डम्पर जफत गरेको छ। गजलडोबा फुलबारी टिस्टा क्यानल रोड भएर दिनहुँ सयौँ बलुवा-ढुङ्गा बोकेको डम्पर चलाचल गर्ने गर्दछ। मुख्यतः उदलाबारी इलाकाबाट उक्त बलुवा-ढुङ्गा विभिन्न ठाउँमा लैजाने गर्दछ। गैरकानुनी रूपमा बलुवा-ढुङ्गा लगिरहेको अभियोग पाएपछि आज उक्त इलाकामा अभियान चलाएर 4 वटा बलुवा बोकेको डम्पर जफत गरेको बताइएको छ। राजगञ्जका बीडीओ प्रशान्त बर्मनले बताएअनुसार विभिन्न माध्यमबाट बलुवा तस्करी भइरहेको अभियोग पाएपछि आज अभियान चलाएर गजलडोबा इलाकाबाट बलुवा बोकेको 4 वटा डम्परलाई रोकेर चालकलाई बलुवाको वैध कागजपत्र माग्दा सो देखाउन सकेनन्। सरकारी नियम पालन नगरेर यस प्रकारको कार्य गर्नेहरूविरुद्ध लगातार अभियान चलाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *