बीडीओद्वारा फुलबारी 1 नम्बर ग्राम पञ्चायत कार्यालयको छड्के भ्रमण

फुलबारी (निसं): फुलबारी 1 नम्बर ग्राम पञ्चायत कार्यालयको आज बीडीओले छड्के भ्रमण गरे। यस अवधि कार्यालयमा प्रधान तथा अन्य कर्मचारीहरू समयमा उपस्थित नरहेकोले बीडीओले रोष प्रकट गरे। नागरिकहरूले उचित रूपमा सरकारी सेवाहरू पाउन सकोस् भन्ने उद्देश्य लिएर राजगञ्जका बीडीओ प्रशान्त बर्मनले आज फुलबारी 1 नम्बर ग्राम पञ्चायत कार्यालयको छड्के भ्रमण गरेको बताइएको छ। तिनी आज बिहान लगभग 11 बजेर 30 मिनटमा ग्राम पञ्चायत कार्यालयमा पुगे तापनि कार्यालयमा कुनै कर्मचारीहरू आइपुगेका थिएनन्। तर नागरिकहरू पहिला सरकारी सेवा लिनको लागि कार्यालय पुगिसकेका थिए। लगभग 12 बजी एक-दुईजना कर्मचारी कार्यालयमा आउनथाले भने धेरैजसो अधिकारी तथा कर्मचारी कार्यालयमा नआएकोले गर्दा बीडीओले रोष प्रकट गरे। ड्युटीमा समयमा नआएकोमा केही कर्मचारीहरूलाई बीडीओले गाली समेत गरे। नोकरीको लागि रेसिडेन्टल सर्टिफिकेट लिन आएकी निशा रजकले भनिन्, 11 बजी सर्टिफिकेट लिनको लागि कार्यालयमा आइपुगेको थिए।  साढे 11 बजी सके तापनि कुनै पनि कर्मचारी कार्यालयमा आएको छैन। यदि सर्टिफिकेट नपाए नोकरी पाउँछु अथवा पाउँदिन भन्दै तिनले चिन्ता व्यक्त गरिन्। यसैगरी, ग्राम पञ्चायत कार्यालयमा आएका अन्य केही नागरिकहरूले पनि यस्तै प्रकारको आरोपहरू लगाए। यस सम्बन्धमा बीडीओ प्रशान्त बर्मनले भने, एकजना ब्लक कलेक्टिभ डेभलपमेन्ट अफिसरको हैसियतमा नागरिकहरूले सही समयमा सटीक सेवाहरू पाएका छन् अथवा छैनन् भन्ने विषमा हेरविचार गर्नु मेरो कर्तव्य हो। फुलबारी 1 नम्बर ग्राम पञ्चायत बारेमा मैले धेरै अभियोगहरू पाएकोले गर्दा नै मैले आज बिहान साढे 11 बजी उक्त कार्यालयको छड्के निरीक्षण गरेको हो। कार्यालय आएपछि केही कर्मचारीहरू अडिटको लागि कोलकाता गएको थाहा पाए भने यहाँको प्रभारी समयमा कार्यालय आउँदैनन्। तिनले विभिन्न प्रकारको बहाना गर्ने गर्दछन्। नागरिकहरूले केही अभियोग गरेका छन्। यदि तिनीहरूले लिखित रूपमा जानकारी दिएको खण्डमा कर्मचारीहरूविरुद्ध कार्वाही गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet giriş1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes