ब्युटी पार्लरको आडमा देह व्यापार गरेको आरोपमा पुलिसको अभियान

सिलगढी : सिलगढीको विभिन्न मलमा ब्युटी पार्लर तथा मसाज सेन्टरको आडमा देह व्यापार चलाउनेहरू विरुद्ध सिलगढी पुलिसले अभियान चलाइरहेको छ। यसै क्रममा आज सिलगढीको सेभोक रोडस्थित एउटा सपिङ मलमा रहेको ब्युटी पार्लरहरूमा अचानक पानीट्याङ्की आउटपोस्ट पुलिसले अभियान चलायो। पुलिस सूत्रले दिएको जानकारीअनुसार सिलगढीको सेभोक रोडस्थित उक्त सपिङ मलमा रहेको केही ब्युटी पार्लरहरूमा अवैध रूपमा असमाजिक कार्यहरू भइरहेको जानकारी पाएपछि आज साँझ महिला पुलिस कर्मीहरूलाई साथमा लिएर अभियान चलायो। तथापि, उक्त अभियान अवधि कसैलाई पक्राउ नगरेको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *