बेगराज अग्रवालको चौथो पुण्यतिथीको उपलक्ष्यमा रक्तदान, स्वास्थ्य जाँच शिविरको आयोजना गरिने

सिलगढी : बेगराज अग्रवालको चौथो पुण्यतिथीको उपलक्ष्यमा आउँदो 8 सेप्टेम्बरको दिन लायन्स क्लब अफ् सिलगढी ग्रेटर फ्यामिली तथा उत्तरायन सेन्ट्रल फ्यामिलीको तर्फबाट रक्तदान शिविर, सुगर तथा आँखा जाँच शिविरको आयोजना गरिने भएको छ। सिलगढी जर्नलिस्ट क्लबमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर लायन्स क्लबका सदस्यहरूले यसबारे जानकारी दिएका छन्। लायन्स क्लबका सदस्य रकी सिंहले बताएअनुसार सिलगढीको भेगा मल तथा कसमस मलमा बिहान 11 बजीदेखि साँझ 5 बजीसम्म उक्त शिविर चल्नेछ। यसको साथै 1500 आवश्यकमन्द मानिसहरूलाई भोजन वितरण गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *