बेहाल अवस्थामा फुलबारीको महानन्दा ब्यारेज रोड, गाउँलेहरूद्वारा सडक मरमतिको माग

फुलबारी : फुलबारीको महानन्दा ब्यारेज रोड दीर्घदिनदेखि बेहाल अवस्थामा रहेको छ। सडकको ठाउँ-ठाउँमा खाल्डो बनेकोले यातायात गर्न निक्कै असुविधा भएकोले गर्दा आज स्थानीय मानिसहरूले उक्त सडकको मरमति गरिदिने माग गरेका छन्। प्राप्त जानकारी अनुसार फुलबारी 2 नम्बर ग्राम पञ्चायतको राजीव मोडबाट फुलबारी ब्यारेज जाने लगभग डेढ किलोमिटरको सडक बेहाल अवस्थामा रहेको छ। उक्त सडकमा ठाउँ-ठाउँमा खाल्डो रहेकोले त्यहाँ पानी जम्ने गरेकोले गर्दा दिनहुँ साना-ठुला दुर्घटनाहरू हुने गर्दछ। यसैले स्थानीय मानिसहरूले चाँडै नै उक्त सडकको मरमति गरिदिने माग गरेका छन्। यस विषयमा स्थानीय एकजना टोटो चालकले भने, उक्त सडक दीर्घदिनदेखि बेहाल अवस्थामा रहेको छ। प्रत्येक दिन उक्त सडक भएर धेरैजना मानिसहरू आवत-जावत गर्ने गर्दछन्। सडक बेहाल अवस्थामा रहेकोले गर्दा विविध समस्या हुने गर्दछ। टोटोमा यात्री सवार गरेर लैजाने क्रममा निक्कै असुविधा हुने गरेकोले गर्दा चाँडै नै उक्त सडकको मरमति गरिदिने तिनले माग गरे। अर्कोतिर, जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेसका महासचिव देवाशीष प्रामाणिकले भने, उक्त सडक हाल बेहाल अवस्थामा रहेको छ। उक्त सडकको मरमति गरिनु आवश्यक रहेको छ। पञ्चायत चुनाउ अगावै जिल्ला परिषद्का सदस्यको रूपमा आफूले उत्तरबंग विकास विभागमा आवेदन गरेको थिए। इञ्जिनियरले उक्त सडकको निरीक्षण साथै नापजोख गरिरसकेको छ। यस महिनाको अवधिमै सडकको टेन्डर पास हुने तिनले आशा व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *