बेहाल अवस्थामा रहेको बारीभाषा भीआईपी रोडको इलाकावासीद्वारा मरमति

सिलगढी : सडक मरमति गरिदिने वाचा गरे तापनि पुरा नगरेको एसजेडीए चेयरम्यान विरुद्ध आरोप लगाउँदै बारीभाषा भीआईपी रोड इलाका निवासीहरूले आफै सडकको मरमति गरेका छन्। दीर्घदिन अघिदेखि बारीभाषा भीआईपी रोड जीर्ण अवस्थामा रहेको छ। यहाँ प्रायःजसो दुर्घटनाहरू हुने गर्दछ भने दुर्घटना परेर मृत्यु समेत भइसकेको छ। बारम्बार उक्त सडकको मरमति गरिदिने माग गरे तापनि कुनै पहल नगरेको इलाकावासीहरूको आरोप रहेको छ। अन्ततः बाध्य भएर स्थानीय मानिसहरूले आफ्नै खर्चमा उक्त सडकको मरमति गर्ने पहल गरेको छ। स्थानीय मानिसहरूको आरोप अनुसार एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीले पुजा अगावै उक्त सडकको मरमति गरिदिने वाचा गरे तापनि हालसम्म सडकको मरमति गरिएको छैन। प्रत्येक दिन उक्त सडक भएर टोटो, रिक्सा बाइकहरू चलाचल गर्ने गरेकोले कुनै पनि अप्रिय दुर्घटना हुनसक्ने भएकोले बाध्य भएर आफूहरूले नै सडकको मरमति कार्य शुरू गरेको हो। अर्कोतिर, एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीले फोन मार्फत् भने, जसले सडक मरमतिको काम गरिरहेको छ, राम्रै गर्दछ। समय भए निश्चय नै सडकको मरमति गर्नेछौँ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *