खोरीबारी, 30 दिसम्बर (निसं): पुलिसले शालको काठ तस्करी गर्ने योजनालाई विफल पारिदिएको छ। बिहार लैजान अगावै लाखौं रुपियाँ मूल्यको शालका काठसहित एकजना तस्करलाई पक्राउ गरिएको छ। पुलिस सूत्रमार्फत जानकारी अनुसार एउटा गाडीमा लाखौं रुपियाँको काठ तस्करी गर्ने योजना रहेको थियो। खोरीबारी थाना पुलिसले खोरीबारीको फूलबर जोत इलाकामा एउटा गाडीलाई रोकेर जाँच गर्दा गाडीबाट शालका काठहरू उद्धार गरिएको हो। यस घटनामा एकजना व्यक्तिलाई पक्राउ गरिएको छ। आरोपी निर्मल तिग्गा, नक्सलबारीको मेरिभ्यू जोत निवासी हुन्। जंगलबाट काठ चोरी गरेर त्यसको तस्करी बिहारमा गर्ने योजना रहेको थियो। पक्रु गरेका आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको छानबिन गरिरहेको छ।
North Bengal, Siliguri, Uncategorized
बिहारमा तस्करी गर्न अगावै लाखौं रुपियाँको शालको काठसहित एकजना पक्राउ
30
Dec
Dec