बेलाकोवा-बहरमपुर सरकारी बस परिसेवा शुरू

राजगञ्ज: बेलाकोवाबाट बेलाकोवा-बहरमपुर सरकारी बस परिसेवा शुरू भएको छ। राजगञ्जका विधायक खगेश्वर रायले आज सरकारी बसको उद्घटान गरे। प्राप्त जानकारी अनुसार प्रत्येक दिन बिहान 5 बजेर 15 मिनटमा बेलाकोवाबाट उक्त बस प्रस्थान गर्नेछ। उक्त बस बेलाकोवाबाट सिलगढी, राजगञ्ज हुँदै बहरमपुर जानेछ। बेलाकोवा-बहरमपुर सरकारी बस परिसेवा शुरू भएकोले गर्दा मानिसहरूलाई यातायात गर्नमा धेरै सुविधा पुग्नेछ। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले भने, बेलाकोवाबाट बहरामपुरको लागि सरकारी बस 2019-मा शुरू गरिएको थियो तर कोभिडको कारण उक्त बस सेवा बन्द गरिएको थियो। आजदेखि फेरि सरकारी बस परिसेवा शुरू भएको छ। यसले गर्दा इलाकाका मानिसहरूलाई निक्कै सुविधा हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *