बेलाकोवा बजारमा पुलिसको अभियान, मास्क नलगाएकाहरूलाई पक्रेर गराइयो कोभिड टेस्ट

राजगञ्ज : बेलाकोवा आउटपोस्ट पुलिसले मास्क नलगाई हिँड्डुल गर्ने मानिसहरूलाई पक्रेर कोभिड टेस्ट गराइरहेको छ। हाल राज्यमा कोरोना संक्रमणको सङ्ख्या बढ्दै गइरहेकोले सरकारले कोरोना सम्बन्धी केही प्रतिबन्ध लागू गरे तापनि मानिसहरूले यसको पर्वाह नगरी मास्क नलगाई सडकमा हिँड्डुल गरिरहेका छन्। यसैले आज राजगञ्ज ब्लकको बेलाकोवा बजारमा पुलिसले पक्राउ अभियान चलाएर मास्क नलगाई हिँड्डुल गरिरहेका 65 जना मानिसहरूलाई पक्रेर कोभिड टेस्ट गराएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *