बेलाकोवाको एउटा घरबाट नगद लाखौँ रुपियाँ सहित सुनको गर-गहना चोरी

राजगञ्ज (निसं): राजगञ्जको बेलाकोवामा एउटा घरबाट नगद लाखौँ रुपियाँ सहित सुनको बहुमूल्य गर-गहना चोरी भएको छ। राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायत अन्तर्गत नर्थ बङ्गाल फार्म इलाका निवासी भास्कर दासको घरमा चोरी भएको छ। परिवारको दावी अनुसार चोरले घरबाट नगद लाखौँ रुपियाँ सहित सुनको बहुमूल्य गर-गहना चोरी गरेको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार उक्त घटना हिजो अबेर राति घटेको हो। दिउँसोको भोजनमा केही मिसाएको हुनसक्छ। खाना खाएपछि परिवारका सदस्यहरू बिरामी हुनको साथै निद्रा लाग्न थाल्यो। साढे पाँच लाख नगद रुपियाँ सहित सुनको आभूषण चोरी भएको छ। आज बिहान आफूहरू ब्युँझिएपछि घरमा चोरी भएको थाहा पाए। घटनाबारे बेलाकोवा आउटोपोस्ट पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *