बेलाकोवामा 130 फुट लामो राष्ट्रिय झण्डाको साथमा र्‍यालीको आयोजना

राजगञ्ज : 75औँ स्वाधीनता दिवसको अवसरमा आज बेलाकोवामा 130 फुट लामो राष्ट्रिय झण्डा लिएर एउटा र्‍यालीको आयोजना गरियो। स्वाधीनताको 75औँ वर्ष पुरा भएको अवसरमा सारदा शिशु तीर्थ बेलाकोवाको पहलमा उक्त र्‍याली निकालिइएको हो। उक्त र्‍यालीले बेलाकोवा बजार, कलेज मोड लगायत विभिन्न इलाकाको परिक्रमा गर्यो। उक्त र्‍यालीमा विद्यालयका छात्र-छात्राहरू लगायत शिक्षक-शिक्षिकाहरूले अंश ग्रहण गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *