बेलाकोवामा 18 किलोमिटर सडकको पुनर्निर्माणको शिलान्यास

राजगञ्ज : बेलाकोवा अञ्चलको लगभग 18 किलोमिटर सडकको पुनर्निर्माणको जलपाईगढी जिल्ला परिषदका सभाधिपति उत्तरा बर्मन र राजगञ्जका विधायक खगेश्वर रायले आज शिलान्यास गरे। जलपाईगढी जिल्ला परिषदको कोषबाट लगभग 2 करोड 48 लाख रुपियाँको लागतमा उक्त सडकको निर्माण गरिने बताइएको छ। यस विषयमा राजगञ्जका विधायक खगेश्वर रायले भने, सडक निर्माण गरिदिने इलाकावासीको धेरै दिन अघिदेखिको माग रहेको थियो। यो सडक एउटा महत्वपूर्ण सडक हो। आज उक्त सडकको शिलान्यास गरियो। उक्त सडक निर्माण भएपछि इलाकावासीहरूलाई निक्सै सुविधा पुग्नेछ। यस अवसरमा जिल्ला परिषदका सदस्य गीता राय राजवंशी, बेलाकोवा ग्राम पञ्चायतका प्रधान कमलिनी सरकार, तृणमूल कङ्ग्रेसको बेलाकोवा अञ्चल सभापति देवाशीष विश्वास, झरना दुबे, सञ्जीव कुमार राय लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *