बेलाकोवामा आलु विक्रय केन्द्र शुरू

राजगञ्ज: बेलाकोवामा उचित मूल्यमा आलु विक्रय केन्द्र शुरू गरिएको छ। आज राजगञ्ज विधायक खगेश्वर रायले राजगञ्ज ब्लकको बेलाकोवामा तृणमूल कांग्रेस पार्टी कार्यालयअघि उचित मूल्यमा आलु विक्रय केन्द्रको उद्घाटन गरे। यस केन्द्रमा 25 रुपियाँ प्रति किलोको दरले आलु बिक्री भइरहेको छ। आलुको मूल्यमा असामान्य वृद्धिको कारण मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशअनुसार प्रत्येक क्षेत्रमा कम मूल्यमा आलु विक्रय केन्द्र बनाएको विधायक रायले बताए। यसै क्रममा आज बेलाकोवामा पनि आलु विक्रय केन्द्र बनाएको तिनले बताए। यस अवसरमा राजगञ्ज ब्लक अध्यक्ष लक्ष्यमोहन राय, राजगञ्ज ब्लक अध्यक्ष मोशर्रफ हुसेन, अशोक मित्र लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *