बेलाकोवामा वसन्त होली उत्सव पालन

राजगञ्ज : बेलाकोवा शिक्षा शिक्षण केन्द्रको तर्फबाट होली उत्सव पालन गरियो। बसन्त उत्सवलाई केन्द्र गरेर एउटा रङ्गारङ्ग शोभायात्रा पनि निकालिइयो। शोभायात्रापछि बेलाकोवा शिक्षा शिक्षण केन्द्रमा विद्यार्थीहरूले एका-अर्कालाई रङ्ग लगाइदिएर होलीको शुभकामना दिए। यसको साथै रवीन्द्र सङ्गीत-नृत्य एवम् सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरियो। शिक्षा शिक्षण केन्द्रका अध्यक्ष शर्मिष्ठा मजुमदारले प्रत्येक वर्ष एउटा कार्यक्रमको माध्यमद्वारा होली उत्सव मनाउँदै आइरहेको बताइन्। उक्त केन्द्रका विद्यार्थी, शिक्षक-शिक्षिकाहरूले एकसाथ मिलेर बडो हर्षोल्लासको साथमा होली उत्सव पालन गरे। कार्यक्रमको अन्तमा भोजनको पनि व्यवस्था गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *