बेलाकोवामा मुख्यमन्त्री ममता ब्यानर्जीको जन्मदिन पालन

राजगञ्ज : बेलाकोवामा केट काटेर मुख्यमन्त्री ममता ब्यानर्जीको जन्मदिन पालन गरियो। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी 67औँ जन्मदिन रहेकोले राजगञ्ज ब्लकको तृणमूल कङ्ग्रेसको तर्फबाट बेलाकोवा पार्टी कार्यालय अघि केक काटेर जन्मदिन पालन गरियो। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, डीपीएससीका चेयरम्यान लक्ष्यमोहन राय, अशोक मित्र, प्रसनजीत दे लगायत अन्य कार्यकर्ता तथा सदस्यहरू उपस्थित थिए। यस अवधि राजगञ्जका विधायक खगेश्वर रायले भने, आज राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको जन्मदिन रहेकोले राजगञ्ज ब्लक तृणमूल कङ्ग्रेसको तर्फबाट केट काटेर तिनको जन्मदिन पालन गर्नको साथै दीर्घायुको कामना पनि गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *