बेलाकोवामा निःशुल्क कम्प्युटर प्रशिक्षण शिविर शुरू

राजगञ्ज : वन विभागको तर्फबाट बेलाकोवामा निःशुल्क कम्प्युटर प्रशिक्षण शिविर शुरू गरिएको छ। राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको शिकारपुर हाटमा उक्त प्रशिक्षण शिविरको विधायक खगेश्वर रायले आज उद्घाटन गरे। यस अवसरमा तिनले भने, वन विभागको पहलमा बेलाकोवा रेञ्ज तथा आमबारी रेञ्जको सहयोगमा तीन महिनाको निःशुल्क कम्प्युटर प्रशिक्षण शिविरको आयोजना गरिएको छ।


उक्त शिविरमा लगभग 40 जना विद्यार्थीहरूले निःशुल्क कम्प्युटर प्रशिक्षण लिन सक्ने बताउँदै उक्त पहलको लागि तिनले वन विभागलाई धन्यवाद दिए। यस अवसरमा राजगञ्ज पञ्चायत समितिका सभापति पूर्णिमा राय, बेलाकोवा रेञ्जर सञ्जय दत्त, आमबारी रेञ्जर सन्दीप सरकार लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *