बेलाकोवामा पक्का सडकको निर्माण कार्यको शिलान्यास गरे विधायक खगेश्वर रायले

राजगञ्ज : राजगञ्जका विधायक खगेश्वर रायले बेलाकोवामा पक्का सडकको निर्माण कार्यको आज शिलान्यास गरे। राजगञ्ज विधानसभा अन्तर्गत बेलाकोवा अञ्चलको घोषपाडा इलाकामा सीसी सडकको निर्माण कार्यको आज विधायक रायले शिलान्यास गरे। यस अवसरमा तिनले भने, उक्त इलाकाका मानिसहरूले धेरै दिनदेखि पक्का सडकको माग गरिरहेकोले विधायक इलाका विकास परियोजना मार्फत् लगभग साढे तीन लाख रुपियाँको लागतमा उक्त सडकको निर्माण गरिने भएकोले आज यसको निर्माण कार्यको शिलान्यास गरियो। शिलान्यास कार्यक्रममा बेलाकोवा अञ्चल प्रधान तमलिका सरकार, अतुल सरकार, आबदार अली, कृष्ण सेन लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *