बेलाकोवामा पुल मुनिबाट व्यक्तिको शव उद्धार

राजगञ्ज : बेलाकोवाको चावाई नदीको पुलमुनि एकजना व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति पानकौरी ग्राम पञ्चायतको भाङ्गारबारी इलाका निवासी 42 वर्षीय सुनील उरावको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले आज बिहान राजगञ्ज ब्लकको बेलाकोवा संलग्न शिकारपुर ग्राम पञ्चायतको घावरीपाड़ा चावाई नदीको पुल मुनि उक्त व्यक्तिको शव देखेपछि घटनाबारे पुलिसलाई जानकारी दिए। घटनाको खबर पाएर बेलाकोवा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार हिजो अपरान्ह सुनील उराव साइकलमा सवार भएर शिकारपुर बजार गएका थिए। यसपछि तिनी राति घर फर्किनआएपछि परिवारका सदस्यहरूले विभिन्न ठाउँमा तिनको खोजी गरे तापनि कुनै पत्तो नलागेको बताइएको छ। आज बिहान स्थानीय मानिसहरूले चावाई नदीको पुलमुनि तिनको शव उद्धार गर्नको साथै शव नजिकै साइकल र एउटा ब्याग उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *