बेलाकोवामा रूरल मेडिकल प्र्याक्टिसनर्स एसोसिएसनको तेस्रो वार्षिक सम्मेलन

राजगञ्ज : बेलाकोवामा रूरल मेडिकल प्र्याक्टिशनर्स एसोसिएसनको जलपाईगढी जिल्ला कमिटीको तेस्रो वार्षिक सम्मेलन आज बेलाकोवाको हरि मन्दिरमा आयोजना गरियो। संगठनका प्रदेश अध्यक्ष आनन्द मण्डलले बताएअनुसार सरकारको तर्फबाट ग्रामीण चिकित्सकहरूलाई प्रशिक्षण दिइने व्यवस्था गरे तापनि सो पुरा भएको थिएन। यसैले आज सम्मेलनको माध्यमद्वारा प्रशिक्षण दिइने, ग्रामीण चिकित्सकहरूलाई सरकारी मान्यता दिइने, स्वास्थ्य विभागमा भर्नामा ग्रामीण चिकित्सकहरूलाई प्राथमिकता दिइने माग गरियो। यस अवसरमा पद्मश्री करीमुल हकले भने, कोरोना महामारीमा ग्रामीण चिकित्सकहरूले कोरोना फाइटर्सको रूपमा कार्य गरे। यसैले ती चिकित्सकहरूलाई सरकारी मान्यता दिइनुपर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *