बेलाकोवामा सडक दुर्घटनामा व्यक्ति गम्भीर घाइते

राजगञ्ज : फाटापुकुर-बेलाकोवा राष्ट्रिय राजमार्गको कलेजपाडा संलग्न इलाकामा सडक दुर्घटनामा परेर साइकलमा सवार व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। घाइते व्यक्ति बेलाकोवा निवासी निताई घोषको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज साँझ कलेजपाडा संलग्न इलाकामा एकजना व्यक्ति साइकलमा सवार भएर गइरहेको समय फाटापुकुरतर्फबाट आइरहेको एउटा वाहनले साइकललाई धक्का दिँदा साइकलमा सवार व्यक्ति गम्भीर रूपमा घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइते व्यक्तिलाई उद्धार गरेर राजगञ्ज ग्रामीण अस्पतालमा पठाएको छ। उक्त घटानपछि चालकले वाहन लिएर सुइँकुच्चा ठोकेको थाहा लागेको छ। घटनाको खबर पाएर स्थानीय मानिसहरूले पथ अवरोध गरेपछि बेलाकोवा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर उक्त पथ अवरोध हटाए। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *