बेलाकोवामा समस्या समाधान जनसम्पर्क कार्यक्रमको आयोजना

राजगञ्ज: बेलाकोवामा समस्या समाधान जन सम्पर्क कार्यक्रमको आयोजना गरियो। जलपाईगढी जिल्ला प्रशासनको तर्फबाट राजगञ्ज ब्लक अन्तर्गत बेलाकोवाको शिकारपुर ग्राम पञ्चायतको फटिङ्गा लाइन इलाकास्थित एउटा स्कुलको मैदानमा उक्त कार्यक्रमको आयोजना गरियो। यस वर्ष 20 जनवरीदेखि राज्यको प्रत्येक जिल्लामा समस्या समाधान जनसम्पर्क कार्यक्रम शुरू भएको छ भने आगामी 12 फरवरीसम्म चल्नेछ। यस कार्यक्रममा जाति प्रमाण पत्र, दिव्याङ्ग प्रमाण पत्र, स्वास्थ्यसाथी, खाद्यसाथी, कन्याश्री, शिक्षाश्री,विधवा भत्ता, लक्ष्मी भण्डार, कृषक बन्धु आदि परियोजनाको लाभ उठाउन सक्नेछ। जनसम्पर्क कार्यक्रमको माध्यमद्वारा मानिसहरूले विभिन्न सरकारी परियोजनाहरूको लाभ उठाउन सक्नेछ। यस कार्यक्रममा जलपाईगढी जिल्लाशासक शमा परवीन, अतिरिक्त जिल्लाशासक तेजस्वी राणा, पुलिस अधीक्षक उमेश गणपत खण्डाबहाले, अतिरिक्त पुलिस अधीक्षक सन्दीप सेन, बेलाकोबा आउटपोस्टका ओसी केटी लेप्चा, राजगञ्ज पञ्चायत समितिकी अध्यक्ष रूपाली दे सरकार लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *