बेलाकोवामा ट्रेनको धक्का लागेर व्यक्तिको मृत्यु

राजगञ्ज : राजगञ्ज ब्लकको बेलाकोवा रेल स्टेसन नजिक ट्रेनको धक्का लागेर एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति बेलाकोवा संलग्न बाबुपाडा निवासी राजेश दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान कामको लागि राजेश घरबाट निस्केका थिए भने दिउँसो बेलाकोवा स्टेसन नजिक तिनको छत-विछत अवस्थामा शव उद्धार भएको बताइएको छ। घटनाको खबर पाएर रेल पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *