बेलगाछी चिया कमानमा गेट मिटिङ

नक्सलबारी: चिया कमानहरूमा कार्यरत् सव-स्टाफ, स्टाफ एसोसिएशनको आयोजनामा चिया श्रमिक, सव स्टाफ तथा स्टाफको हितमा आज तराईको बेलगाछी चिया कमानमा गेट मिटिङ गरियो। यस अवधि चिया श्रमिकहरूको विभिन्न समस्यालाई समाधान गर्नको लागि केही मागको उठान गरियो। गेट मिटिङमा उमा शंकर दुबे, विजय प्रकाश कुजूर, प्रेम प्रकाश ओझा, एम तामाङ आदि लगायत धेरै संख्यामा सव- स्टाफ तथा स्टाफ सामेल थिए। प्रेम प्रकाश ओझाले बताए अनुसार चिया श्रमिक, सव स्टाफ तथा स्टाफको हितमा आज तराईको बेलगाछी चिया कमानमा गेट मिटिङ गरियो। यस अवधि विविध समस्याहरूको समाधान गरिनु पर्नेबारे चिया कमान प्रबन्धक समक्ष माग राखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *