बेनेकबोन लगायत अन्य चियाबारीहरूमा एचपीडब्ल्युयु-को गेट मिटिङ

दार्जिलिङ :  दार्जिलिङ अनि कालेबुङ जिल्ला अन्तर्गत पर्ने सबै चियाकमानहरूमा पहिलो पत्तीको टिपाईसँगै बोनसको लागि वार्ता हुनुपर्छ भन्ने माग गर्दै गोरामुमोको श्रमिक संगठन एचपीडब्ल्युयु-ले विभिन्न कमानहरूमा गेट मिटिङ शुरू गरेको छ। यसै अन्तर्गत आज दार्जिलिङको लेबुङ भ्याली समष्टि अन्तर्गत पर्ने बेनेकबोन चियाबारीमा गेट मिटिङको आयोजना गरियो। यस अवसरमा कमान प्रबन्धन पक्षको कार्यालय अघिल्तिर भेला भएका श्रमिक संगठनका नेताहरू लगायत श्रमिकहरूले पहिलो पत्तीको टिपाईसँगै मालिक पक्षले बोनसको प्रतिशत निर्धारित गरिनुपर्ने माग गरे।


यस अवसरमा एचपीडब्ल्युयु केन्द्रीय समितिका अध्यक्ष डीके गुरूङ, महासचिव एसके लामा, सचिव धीरज राई, लेबुङ भ्याली समष्टि सभापति राजु सुब्बा, बेनेकबोन शाखा सभापति प्रणय राई, सचिव जतन राई, मोहन छेत्री पनि प्रमुख रूपमा गेट मिटिङमा उपस्थित थिए। अर्कोतिर, पानदाम चियाबारी, मारेबुङ चियाबारी, सालु चियाबारी, लिङ्ग्या चियाबारी, चामुङ चियाबारी, सिङ्गुली चियाबारी, मेची चियाबारी आदिमा पनि गोरामुमो श्रमिक संगठन एचपीडब्ल्युयु-को पहलमा गेट मिटिङको आयोजना गरिएको सम्बन्धित सूत्रले जानकारी दिएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *