बङ्गालमा फेरि फेला पर्यो कोरोना भाइरस सङ्क्रमण व्यक्ति

कोलकाता : राज्यमा कोरोना भाइरसले सङ्क्रमण गर्ने मानिसहरूको सङ्ख्या हालसम्म 2 पुगेको पुष्टि भएको छ। प्राप्त जानकारीअनुसार कोलकातामा कोरोना भाइरसको एकजना सङ्क्रमित व्यक्ति फेला पारेपछि यसको लगभग 72 घण्टापछि फेरि अर्को एउटा मामिला अघि आएको छ। लन्दनबाट फर्किएका बालीगञ्ज निवासीलाई नोभल कोरोना भाइरसले संक्रमण गरेको रिपोर्टमा पुष्टि भएको छ। तिनलाई बेलियाघाट आईडी अस्पतालमा हाल उपचारको लागि भर्ना गरिएको छ। राज्य सरकारको आधिकारिक रिपोर्टअनुसार सङ्क्रमित व्यक्ति गत 13 मार्चको दिन ब्रिटेनबाट कोलकाता फर्किएका थिए। यसपछि तिनी बेलियाघाट आईडी अस्पतालमा भर्ना भएपछि जाँच गर्दा हिजो तिनमा कोरोना भाइरसको लक्षण देखा परेको पुष्टि भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *