बेङ्गल सफारी पार्कमा जन्मियो 3 वटा बाघको बच्चा, दिसम्बरमा सिंह ल्याउने

सिलगढी : राज्यका वन मन्त्री ज्योतिप्रिय मल्लिकले आज सिलगढीको बेङ्गल सफारी पार्कको परिभ्रमण गरे। यस अवधि तिनले सिलगढीको बेङ्गल सफारी पार्कमा आगामी दिसम्बर महिना सिंह ल्याउने साथै पार्कमा जेब्रा, जिराफ र ब्ल्याक प्यान्थर पनि ल्याउने बताए। गत केही दिन अघि बेङ्गल सफारी पार्कमा रोयल बेङ्गल टाइगर रिकाले 3 जना बच्चालाई जन्म दिएको थियो भने ती 3 वटै बच्चा हाल स्वस्थ रहेको तिनले बताए। गत 19 अगस्तको दिन रोयल बेङ्गल टाइगर रिकाले 3 जना बच्चालाई जन्म दिएको थियो। ती बच्चाहरूलाई संक्रमण हुने आशंकाले कसैलाई पनि त्यहाँ जान दिएको छैन। सीसीटीभी क्यामाराको माध्यमद्वारा पार्कका अधिकारी तथा चिकित्सकहरूले आमा र बच्चाहरूमाथि विशेष नजर राखिरहेको छ। केही दिन अघि सेतो बाघिनी किकाले 2 वटा बच्चालाई जन्म दिए तापनि ती 2 वटा बच्चाको मृत्यु भइसकेको छ। वनमन्त्रीले बताएअनुसार जन्मपछि एउटा बच्चामाथि आमा किका लडेपछि उक्त बच्चा मरेको थियो भने अर्को एउटा बच्चाको फोक्सोमा संक्रमण भएकोले गर्दा उक्त बच्चा पनि मरेको थियो। यसैले गर्दा हाल रिकाको बच्चाहरूमाथि बेङ्गल सफारी पार्क कर्तृपक्षले विशेष नजर राखिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *