बेङ्गलुरुमा सम्पन्न वन 8 रन-मा सिलगढीकी प्रिया छेत्री पहिलो स्थानमा

सिलगढी : सिलगढीको खोलाचन्द फाप्रीकी धावक प्रिया छेत्रीले आज बेङ्गलुरुमा सम्पन्न वन 8 रन-मा पहिलो स्थान ओगट्न सफल बनेकी छन्। भारतीय क्रिकेटर विराट कोहलीको ब्राण्ड वन 8-द्वारा आयोजना गरिएको उक्त दौड़ प्रतियोगितामा प्रियाले आयु वर्ग (18 किलोमीटर, 16-देखि 25 वर्ष)-मा भाग लिएर 1 घण्टा 28 मिनटमा दौड़ पुरा गरेर पहिलो स्थान हासिल गरेकी छन्।  विराट कोहलीले फ्ल्याग अफ् गरेपछि उक्त दौड प्रतियोगिता शुरू गरियो। स्मरण रहोस्, गत 22 मार्चमा तिनी आफ्ना बाबु प्रकाश छेत्रीसित उक्त प्रतिगोयितामा अंश ग्रहण गर्नको लागि बेङ्गलुरु प्रस्थान गरेकी थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *